शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

लन्डन दूतावासमा मनाइयो १८औँ गणतन्त्र दिवस, तस्बिरहरू

शुक्रबार, १६ जेठ २०८२, ११ : ३५
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • लन्डनस्थित नेपाली दूतावासमा १८ औँ गणतन्त्र दिवस विशेष समारोहका साथ मनाइयो।
  • कार्यक्रममा राजदूत चन्द्रकुमार घिमिरेले गणतन्त्र संस्थागत गर्ने प्रतिबद्धता जनाउँदै विभिन्न गतिविधिबारे जानकारी दिए।
  • बेलायत र नेपालबीचको सम्बन्ध सुदृढ पार्न र नेपालको पर्यटन प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम र सम्मेलनको योजना बनाइएको छ।

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहकाबीच १८ औँ गणतन्त्र दिवस मनाइएको छ ।

बिहीबार साँझ दूतावासद्वारा आयोजित रिसेप्सन कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगाल, नायिका तथा पूर्व मिस नेपाल निती शाह, स्वामी डा. योगी विकासानन्दको सहभागी भएका थिए । यसैगरी  हालै मात्र निर्वाचित भएका  ननिटन मेयर भीम सारू, काउन्सिलर रोजिना प्रधान राईलगायत  बेलायतको विभिन्न स्थानबाट नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा बुद्धिजीवीहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र संस्थागत गर्ने काम भइरहेको जनाउँदै गणतन्त्र ल्याउन आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकियोस् भन्दै आफू तथा दूतावासलगायत नेपाल सरकारको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

बेलायतको राजदूत सम्हालेको करिब साढे ४ महिनाको कार्यकालमा दूतावासबाट भएका र गरिएका विभिन्न गतिविधि तथा उपलब्धिहरूको बारेमा राजदूत घिमिरेले प्रस्ट्याएका थिए । गत अप्रिल २९ मा बेलायत र नेपालका सुप्रिम कोर्टका चिफ जष्टिसबीचमा हस्ताक्षर भएको छ, जुन दुई देशबीचको एउटा ऐतिहासिक कार्य भएको उनले बताए । व्यापार लगानी सम्मेलन, भूतपूर्व गोर्खाहरूको समस्या सम्बोधनका लागि पनि निरन्तर छलफल समस्या समाधानका लागि पहल भइरहेको पनि उनले जानकारी दिए ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आगामी जुन ६ मा तीन जना विशिष्ट स्टोरी टेलरलाई सहभागी गराएर दूतावासले महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्न लागिएको छ भने जुन महिनामा नै स्कटल्याण्डमा नेपाली मेलाको तयारी भइरहेको पनि उनले बताए । भारत, बंगलादेश, क्याम्बोडिया,भियतनाममा गइरहेको व्यवसाय तथा लगानीलाई नेपालमा भित्र्याउने उद्देश्यले दुई दर्जन बढी स्पिकरको सहभागितामा निकट भविष्यमा ‘टेक डे’ प्रविधि सम्मेलनको आयोजना गर्न लागिएको पनि राजदूत घिमिरेले बताए ।

यहाँका नेपाली संघसंस्थासँग एकता एवं सहकार्य गरेर अगाडी बढ्न सकेमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनले बताए । नेपालबाट विभिन्न वस्तु तथा सेवाको निर्यात, पर्यटक प्रवर्धन, वैदेशिक लागानी, प्रविधिको प्रविधि हस्तान्तरण, रोजगारी सृजना तथा नेपालको इमेज बढाउन सबैले योगदान पुर्याउनुपर्ने घिमिरेले बताए ।

राजदूत घिमिरेले बेलायत र नेपालबिच ऐतिहासिक, बहुआयामिक तथा अतुलनीय सम्बन्ध रहेको उल्लेख गर्दै दूतावासले दुई पक्षीय कूटनीतिलाई मात्र प्राथमिकता नदिई बहुपक्षीय कूटनीतिमा पनि काम भइरहेको जनाए ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

17-IMG_07243-IMG_06981-IMG_069312-IMG_068608-IMG_064406-IMG_063204-IMG_062101-IMG_061802-IMG_0615

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप