त्रिवि उपकुलपतिको कार्यकक्षमा गरिएको तोडफोड र तालाबन्दीप्रति स्ववियुको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलयमा भएको तोडफोडप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। जेठ १४ गते त्रिवि उपकुलपतिको कार्यकक्षमा विभिन्न क्याम्पसमा नेविसंघबाट निर्वाचित स्ववियुहरूले तोडफोडका साथै तालाबन्दी समेत गरेका थिए ।
संरचनामाथि कुनै पनि असहज वा अप्रिय गतिविधि हुनु दुःखद्, दुर्भाग्यपूर्ण भएको स्ववियु अध्यक्षद्धारा दिपक जोशीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालय प्रशासनको ढिलाइ, संवादहीनता र विद्यार्थीको उपेक्षाबाट उत्पन्न समस्या गम्भीर रहेको स्ववियुले जनाएको छ।
'स्ववियु प्रारम्भदेखि नै विश्वविद्यालयमा स्पष्ट, पारदर्शी र विद्यार्थीमैत्री शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने पक्षमा उभिँदै आएको छ,जारी विज्ञप्तिमा भनिएको छ,उपकुलपतिले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा देखाइएको प्रतिबद्धता सकारात्मक कदमका रूपमा लिइनुपर्ने भएपनि विश्वविद्यालय आफैँले हप्ता हप्तामा शैक्षिक क्यालेण्डर परिवर्तन गर्नु र विद्यार्थी आवश्यकता नजर अन्दाज गर्नुले असंवेदनशीलता झल्किएको छ ।'
त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भर्ना प्रक्रिया रोकिएको अवस्थामा निजी क्याम्पसहरूमा भने नियमित भर्ना हुँदै जानु शैक्षिक समानतामाथि गम्भीर प्रश्न उठेको समेत विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण