साउदीमा गणतन्त्र दिवस भव्य रुपमा मनाइयो
काठमाडौँ । गणतन्त्र दिवस २०८२ को अवसरमा साउदी अरेबियास्थित नेपाली राजदूतावासले एक समारोह आयोजना गर्दै दिवस विशेष रूपमा सम्पन्न गरेको छ।
समारोहमा विभिन्न राजनीतिक, सामाजिक र पेशागत क्षेत्रसँग आबद्ध करिब १३५ जना नेपालीको उपस्थिति रहेको दूतावासले जनाएको छ।
राष्ट्रियगान र ज्ञात–अज्ञात शहीदप्रति एक मिनेट मौन श्रद्धाञ्जलीसहित सुरु भएको कार्यक्रममा नेपाली राजदूत डा. नरेश विक्रम ढकालले लोकतान्त्रिक गणतन्त्र नेपालको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे।
“जनताको छोरा–छोरी राष्ट्रप्रमुख हुने व्यवस्था संसारमै दुर्लभ र गर्वको विषय हो,” राजदूत डा. ढकालले भने, “यो व्यवस्थालाई सफल बनाउन अधिकारसँगै कर्तव्य पनि सबैले निर्वाह गर्न जरुरी छ।”
कार्यक्रममा गैरआवासीय नेपाली संघ, साउदी अरेबियामा क्रियाशील विभिन्न दलका भातृ संगठन, जातीय, क्षेत्रीय, सामाजिक तथा पेशागत संघसंस्थाका प्रतिनिधिहरूले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक उपलब्धिबारे धारणा राखेका थिए।
गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते बिहान राजदूतावास परिसरमा झण्डोत्तोलन कार्यक्रमसमेत सम्पन्न भएको थियो। सो अवसरमा राजदूत डा. ढकालले गणतन्त्रका मूल्य–मान्यता र ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए।
दूतावास परिसरमा तीन दिनसम्म दीपावली गरिने जानकारीसमेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण