नेपाल एमेच्योर ओपन गल्फको ११औँ संस्करणमा पाँच राष्ट्रका खेलाडी सहभागी

काठमाडौँ । नेपाल गल्फ सङ्घले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण जेठ २० देखि २२ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता पार ७२ को गोकर्ण गल्फ क्लबमा आयोजना हुने सङ्घले जनाएको छ ।
५४ होलको तीन दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भुटान र भारतका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धामा समावेश गरिएको सङ्घले जनाएको छ ।
पुरुष टिम स्पर्धाका लागि प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलको समाप्तिपछि संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने छ ।टिम स्पर्धामा आयोजक राष्ट्र नेपालले भने आफ्नो दुई टोली सहभागी गराउने सङ्घले जनाएको छ ।
पुरुषतर्फको व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागू गरिने छ । सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ६० प्रतिशत खेलाडीले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन् । महिलातर्फको स्पर्धामा भने नेपाल र भारतका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीको सहभागिता निश्चित भइसकेको जानकारी पनि सङ्घले दिएको छ ।आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान आयोजकले गरेको छ ।
यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङद्वारा मान्यता प्राप्त हो । त्यसैले प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीले वरीयता अङ्कसमेत प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : संयुक्त राष्ट्रसङ्घ
-
सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामग्री बरामद
-
दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण
-
बैतडीमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
पोखराबाट काठमाडौँ आउने ९ सय यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ