नेपाल एमेच्योर ओपन गल्फको ११औँ संस्करणमा पाँच राष्ट्रका खेलाडी सहभागी
काठमाडौँ । नेपाल गल्फ सङ्घले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण जेठ २० देखि २२ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता पार ७२ को गोकर्ण गल्फ क्लबमा आयोजना हुने सङ्घले जनाएको छ ।
५४ होलको तीन दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भुटान र भारतका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धामा समावेश गरिएको सङ्घले जनाएको छ ।
पुरुष टिम स्पर्धाका लागि प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलको समाप्तिपछि संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने छ ।टिम स्पर्धामा आयोजक राष्ट्र नेपालले भने आफ्नो दुई टोली सहभागी गराउने सङ्घले जनाएको छ ।
पुरुषतर्फको व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागू गरिने छ । सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ६० प्रतिशत खेलाडीले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन् । महिलातर्फको स्पर्धामा भने नेपाल र भारतका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीको सहभागिता निश्चित भइसकेको जानकारी पनि सङ्घले दिएको छ ।आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान आयोजकले गरेको छ ।
यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङद्वारा मान्यता प्राप्त हो । त्यसैले प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीले वरीयता अङ्कसमेत प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण