आगामी आर्थिक वर्षको बजेटबारे नाइमा : नीतिगत स्थायित्वको अनुभूति
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड ग्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई स्वागत गरेको छ । नाइमाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेट अटो क्षेत्रलाई चलायमान बनाउने गरी आएको भन्दै स्वागत गरेको छ ।
सरकारले इभी लगायत अन्य सवारीसाधनमा करका दर परिवर्तन नगर्नु अटोमोबाइल क्षेत्रका लागि लिएको नीतिगत स्थायित्वको अनुभूति भएको बताएको छ ।
नाइमाले सरकारले ल्याएको बजेटले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवर्धनका लागि सकारात्मक प्रबन्ध गरेको दाबी गरेको छ । नाइमाले बजेटले नीतिगत स्थायित्वको अनुभूति गराएको र लगानी विस्तारका लागि प्रोत्साहित गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘ प्रत्येक वर्ष बजेटमार्फत सवारी साधनमा आकर्षित हुने करका दर परिवर्तन भई व्यवसायमा कायम रहेको अनिश्चितता र व्यवसाय सञ्चालनमा देखिने गरेको अस्थिरतालाई चिर्दै यस वर्ष अटोमोबाइलमा आकर्षित हुने गरेको करका दर तथा नीति यथावत कायम गरिएबाट व्यवसायीहरूमाझ नीतिगत स्थायित्वको अनुभूति भई व्यवसाय विस्तार र प्रवर्द्धनका लागि थप उत्साह सञ्चार भएको छ ।’
सरकारले इभीमा करका दर यथावत राखेको छ। यस्तै चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्ग उद्योगका लागि उपकरणमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । तर नाइमाले हाइब्रिड र प्लगइन हाइब्रिड गाडी प्रवर्धनका लागि भने बजेटले प्रोत्साहन नगरेको गुनासो गरेको छ ।
यो व्यवस्थाले स्वदेशमै त्यस्ता मेसिन तथा उपकरण उत्पादन गर्ने उद्योग स्थापना गर्न मद्दत पुग्ने वातावरण तयार भएको नाइमाले बताएको छ । सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने सवारी फिटनेस केन्द्र स्थापना गर्ने घोषणाको पनि नाइमाले स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण