नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आएको बताए।
- उनले नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय महत्त्वपूर्ण र ऐतिहासिक भएको बताए, साथै बजेट कार्यान्वयनमा जोड दिए।
- ढकालले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै लगानीकर्तालाई सहज बनाउनुपर्ने र मौद्रिक नीतिसँग तालमेल हुनुपर्ने बताए।
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको छ,’ उनले भने, ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ ।’ राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको उनले बताए ।
अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।
उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ ।
यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
बजेट मार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई एकद्ववार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए । यस्तै, उनले मौद्रिक नीति र बजेटबिच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण