जुवातास खेलिरहेका होटल सञ्चालकसहित पाँच जना पक्राउ
शनिबार, १७ जेठ २०८२, १६ : ५२

सिन्धुपाल्चोक । होटलमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकमा ५ जना पक्राउ परेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित सङ्कल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।