उभिएर किन पिउनुहुन्न पानी ?
काठमाडौँ । पानी हाम्रो शरीरका लागि निकै धेरै आवश्यक छ । मान्छे खाना नखाएर त बाँच्न सक्ला तर पानी बिना बाँच्न सक्दैन भन्ने कुरा त तपाईंले सुन्दै आउनुभएको होला । पानीले हाम्रो शरीरलाई हाइड्रेट त राख्छ नै हामीलाई कयौँ रोगबाट पनि बचाउँछ । स्वास्थ्य विज्ञ र डाक्टरहरूको कुरा मान्नुहुन्छ भने हामीले दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुपर्छ ।
पानी पिउनु आवश्यक छ । तर यसको सेवनबाट सम्पूर्ण लाभ दिन पानी पिउने सही तरिका थाहा हुन जरुरी छ । धेरै जसो मानिसलाई पानी पिउने सही तरिका नै थाहा छैन । मानिसहरू हतारमा उभिइ उभिइ पानी पिउँछन् । तर यसरी पानी पिउनु पूरै गलत हो । उभिएर पानी पिउनु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आजको यस लेखमा हामी उभिएर पानी पिउँदाका बेफाइदाबारे कुरा गर्नेछौँ ।
–फोक्सोमा क्षति
उभिएर पानी पिउँदा फोक्सो र मुटुलाई क्षति पुग्न सक्छ । उभिएर पानी पिउँदा हावा र खानेकुरा जाने पाइपमा अक्सिजनको सप्लाई रोकिन्छ । यस्तोमा फोक्सोको साथै मुटुमा पनि असर पर्दछ ।
–जोर्नीमा पीडा
उभिएर पानी पिउँदा पानी तीव्र गतिमा शरीर भएर जोर्नीमा जम्मा हुन थाल्छ । यसका कारण जोर्नीमा असर गर्छ र दुख्ने समस्या हुन थाल्छ ।
–पाचनमा समस्या
उभिएर पानी पिउने बानीका कारण शरीरको पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ अनि अपच हुन सक्छ ।
–घट्दैन एसिड स्तर
उभिएर पानी पिउँदा शरीरमा एसिडको स्तर घट्दैन । एसिडका कारण शरीरको पाचन प्रणाली प्रभावित हुन्छ । यस्तोमा सधैँ पानी बसेरै पिउनु पर्छ ।
पानी सधैँ शान्तिपूर्वक बसेर पिउनुपर्छ । बसेर पानी पिउँदा यसबाट शरीरले पाउने पोषक तत्त्व मस्तिष्कसम्म पुग्दछ र शरीरलाई फाइदा पुग्दछ ।
अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण