मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो

आइतबार, १८ जेठ २०८२, १६ : ५६
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । काठमाडौँको नक्सालस्थित नारायणचौरबाट आइतबार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई भद्रकाली जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

राजावादी आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ । 

निषेधित क्षेत्र बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप