मंगलबार राष्ट्रियसभा बैठक बस्दै, सम्भावित कार्यसूची तय
सारांश
- राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने, जसमा विभिन्न विधेयकहरू र शोक प्रस्तावहरू प्रस्तुत हुनेछन्।
- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश गर्नेछन्।
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार अपराह्न १:१५ बजे बस्ने तय भएको छ। बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू तथा शोक प्रस्ताव समावेश गरिएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “भन्सार विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त ले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धमा प्रतिनिधि सभाबाट भएका संशोधनहरूमाथि छलफल गर्नुपर्ने प्रस्ताव र संशोधनहरूलाई सहमति दिनुपर्ने प्रस्ताव पेश गर्ने छन्।
यसैगरी बैठकमा संविधानसभा सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव समेत प्रस्तुत गरिने महासचिव पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण