बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित

बुधबार, २१ जेठ २०८२, ०१ : ४५
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • डेमोक्रेटिक पार्टीका ली जे-म्युङ दक्षिण कोरियाको राष्ट्रपति बन्ने पक्का भएका छन्।
  • मतगणनामा उनले ४८.८ प्रतिशत मत प्राप्त गरे, र बुधबार सपथ लिनेछन्।
  • उनले अर्थतन्त्रलाई पुन: सुरु गर्ने र उत्तर कोरियासँग शान्ति स्थापना गर्ने वाचा गरेका छन्।

काठमाडौँ। दक्षिण कोरियाको राष्ट्रपतिका लागि जारी मतगणनामा डेमोक्रेटिक पार्टीका ली जे–म्युङ नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ। 

स्थानीय समय अनुसार ०२ः३० जारी मतगणनामा उनले गणना गरिएको मतको ४८.८ प्रतिशत प्राप्त गरेका छन्।  

जीत सँगै ६१ वर्षीय लीले बुधवार देशको राष्ट्रपतिको रूपमा शपथ लिने अपेक्षा गरिएको छ । 

उनले आफ्नो विजय भाषणमा उनले दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः सुरु गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने वाचा गरे।

देशका ४ करोड ४४ लाख योग्य मतदातामध्ये लगभग ८० प्रतिशतले मतदान गरेको  त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यो सन् १९९७ पछिको सबैभन्दा धेरै मतदान भएको हो।

पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलवार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप