दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
बुधबार, २१ जेठ २०८२, ०१ : ४५
सारांश
- डेमोक्रेटिक पार्टीका ली जे-म्युङ दक्षिण कोरियाको राष्ट्रपति बन्ने पक्का भएका छन्।
- मतगणनामा उनले ४८.८ प्रतिशत मत प्राप्त गरे, र बुधबार सपथ लिनेछन्।
- उनले अर्थतन्त्रलाई पुन: सुरु गर्ने र उत्तर कोरियासँग शान्ति स्थापना गर्ने वाचा गरेका छन्।
काठमाडौँ। दक्षिण कोरियाको राष्ट्रपतिका लागि जारी मतगणनामा डेमोक्रेटिक पार्टीका ली जे–म्युङ नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ।
स्थानीय समय अनुसार ०२ः३० जारी मतगणनामा उनले गणना गरिएको मतको ४८.८ प्रतिशत प्राप्त गरेका छन्।
जीत सँगै ६१ वर्षीय लीले बुधवार देशको राष्ट्रपतिको रूपमा शपथ लिने अपेक्षा गरिएको छ ।
उनले आफ्नो विजय भाषणमा उनले दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः सुरु गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने वाचा गरे।
देशका ४ करोड ४४ लाख योग्य मतदातामध्ये लगभग ८० प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यो सन् १९९७ पछिको सबैभन्दा धेरै मतदान भएको हो।
पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलवार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण