कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहाेस् राशिफल

वि.सं.२०८२ साल जेष्ठ २१ गते । बुधबार । ईश्वी सन् २०२५ जुन ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष । तिथि–नवमी, ५२ घडी २० पला, रातको २ बजेर ६ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराफाल्गुनी, अहोरात्र । योग–बज्र, १६ घडी २१ पला, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त सिद्धि । करण–बालव, दिउसो १ बजेर ३० मिनेट उप्रान्त कौलव, रातको २ बजेर ६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्र राशि–सिंह, बिहान १० बजेर ३७ मिनेट उप्रान्त कन्या ।
काठमाडौँ सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३४ घडी २३ पला ।
आजको बार बेला ।
बिहान ५ बजेर १० मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४६ मिनेटसम्म उद्धेग बेला ।
दिउसो १ बजेर ४७ मिनेटदेखि दिउसो ३ बजेर २९ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर २९ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म लाभ बेला ।
बेलुकी ५ बजेर १३ मिनेटदेखि बेलुकी ८ बजेर १२ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजाँदा वा अल्छी गर्नाले नतिजा अरूले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट खासै सहयोग पाइने छैन ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्न सक्छ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले गीत सङ्गीतको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी आम्दानीमा बढोत्तरीको योग रहेको छ । होटेल तथा रेस्टुरेन्ट पेसा व्यवसायमा आबद्ध रहनु भएकाहरूका लागी समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सबैको सहयोग पाइने हुनाले काम गर्न सहज हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय उत्तम रहेकोले बैङ्किङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । उद्योग तथा शेयर बजारमा आज गरिने लगानी विश्वको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । शिक्षा क्षेत्रमा सुधार हुने तथा आम्दानी बढाउन सकिनेछ । प्रेमील जोडीहरुका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा यात्रा गर्ने अवसर जुर्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पैतृक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नी बिच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान
-
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
-
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता