राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस् : सांसद तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरूको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने बताएका छन् ।
राजतन्त्र पुनः स्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गरे । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजतन्त्रको पुनः स्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गरे ।
सांसद तामाङले भने, ‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो । त्यसलाई पूरै फिर्ता लिएको छ । नियमित सुविधा पनि खोसिएको छ । आन्दोलनका क्रममा घाइते भएका छन् । कसैको हात भाँचिएको छ । टाउको फुटेको छ । उनीहरूको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ ।’
सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरूमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण