मलेसियामा जसपा नेपालद्वारा नेपाली समाज मलेसिया गठन
सारांश
- मलेसियाको क्वालालम्पुरमा जनता समाजवादी पार्टी नेपाल निकट नेपाली समाज मलेसिया गठन गरियो। कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो।
- विनोद कुमार यादवको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भयो। जसमा विभिन्न पदमा पदाधिकारीहरू चयन भए।
- कार्यक्रममा नेपाली राजदूत, एनआरएनए प्रतिनिधि, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यसले नेपाली समुदायमा एकता बढाउने लक्ष्य राखेको छ।
काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित विशेष भेलाले जनता समाजवादी पार्टी नेपाल निकट नेपाली समाज मलेसिया गठन गरेको छ।
जनता समाज पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३१ सदस्यीय कार्यसमितिसहित नेपाली समाज मलेसिया गठन गरिएको छ ।
समितिको अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन, सचिवमा विक्रम याख्खा, सहसचिवमा राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।
सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, बिपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पीताम्बर सरदार रहेका छन्।
विशिष्ट अतिथिका रूपमा कार्यक्रममा नेपाली राजदूत डा नेत्रप्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूको रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाडौँका डाइरेक्टर डा निश्चलनाथ पाण्डे, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारी सदस्य राजकुमार गुप्ता, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टो, बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एसिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई, र एनआरएनए अभियन्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
आयोजकहरूका अनुसार, यो कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबिच सामाजिक एकता र सङ्गठित नेतृत्वलाई अझ मजबुत बनाएको छ। नवगठित कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण