सदनको अवरोध खोल्न माओवादीले अन्य विपक्षी दलसँग छलफल गर्ने

समाचार सारांश
- माओवादी केन्द्रले संसदको अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने निर्णय गरेको छ।
- माओवादी प्रवक्ताका अनुसार, भिजिट भिसा प्रकरणको छानबिन आवश्यक छ, तर यो व्यक्ति विशेषमा केन्द्रित छैन।
- सदनमा छलफलको वातावरण बनाउन सरकारी र विपक्षी दलहरूसँग कुराकानी गर्ने निर्णय लिइएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग संवाद र छलफल गर्ने भएको छ । बिहीबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न हाम्रो अधिकतम जोड हुनेछ’, नेता सापकोटाले भने, ‘भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ ।’
उनले उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए । ‘व्यक्ति विशेषमा हाम्रो ध्यान होइन तर मुख्य कुरा छानबिनकै हो । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भनेर हिजोको सदन स्थगित भएको हो’, उनले भने, ‘सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने हुन्छ आज कुराकानी हुन्छ । सदनमा छलफलको वातावरण हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स
-
माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप
-
श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान
-
अखिल (क्रान्तिकारी) ले गर्यो कार्य विभाजन, उपत्यका विशेषको इन्चार्जमा श्रेष्ठ
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित