ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेन विरुद्ध छानबिनको आदेश दिएका छन्, जसमा बाइडेनको माफी र कागजातमा अटोपेन प्रयोगबारे अनुसन्धान हुनेछ।
- रिपब्लिकन सांसदहरूले बाइडेन प्रशासनका अधिकारीहरूसँग सोधपुछको माग गरेका छन्, जसमा अटोपेन प्रयोग र बाइडेनको कमजोर स्मरणशक्तिको विषय उठाइएको छ।
- ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी र ह्वाइट हाउसका काउन्सिल डेभिड वारिङ्टनलाई अनुसन्धानको नेतृत्व गर्न निर्देशन दिएका छन्, र अधिकारीहरूलाई हाउस कमिटीमा उपस्थित हुन भनिएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेन विरुद्ध छानबिनको आदेश दिएका छन् । यो आदेश बाइडेनको माफी र अन्य महत्त्वपूर्ण कागजातहरूमा अटोपेन प्रयोग गरेर गरिएको हस्ताक्षरको अनुसन्धान गर्न दिइएको हो ।
यसका कारण बाइडेनको समस्या बढ्नु स्वाभाविक हो । रिपब्लिकन सांसदहरूले बाइडेन प्रशासनका धेरै अधिकारीहरूसँग पनि सोधपुछको माग गरेका छन् ।
अप्टोपेन एक मेकानिकल उपकरण हो, जुन व्यक्तिको हस्ताक्षरको प्रतिलिपि बनाउन प्रयोग गरिन्छ । अमेरिकी राष्ट्रपतिहरूले दशकौँदेखि यसलाई प्रयोग गर्दै आएका छन् । बाइडेनका नजिकका अधिकारीहरूले बाइडेनको कमजोर स्मरण शक्तिको आडमा राष्ट्रपतिको अधिकारको दुरुपयोग गरेको ट्रम्प भन्छन् ।
यस्तो अवस्थामा बाइडेन सरकारमा गरिएको काम अवैध भएको उनको भनाइ छ । ‘यो अमेरिकी इतिहासको सबैभन्दा खतरनाक षड्यन्त्र हो । यो अमेरिकी जनताबाट लुकाइएको थियो जसले कार्यकारी शक्तिहरू प्रयोग गरिरहे र यसमार्फत अतिवादी नीतिहरू लागू गरियो’ उनले भने ।
ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी र ह्वाइट हाउसका काउन्सिल डेभिड वारिङ्टनलाई यो अनुसन्धानको नेतृत्व गर्न निर्देशन दिएका छन् । यसैबिच, हाउस ओभरसाइट कमिटीका अध्यक्ष रिपब्लिकन सांसद जेम्स कमरले अघिल्लो सरकारमा राष्ट्रपतिका नजिकका अधिकारीहरूलाई सोधपुछ गर्न माग गरेका छन् ।
नक्कली हस्ताक्षरको मुद्दालाई दबाउन खोजेको आरोप यी अधिकारीहरूको छ । सोधपुछको माग गरिएका अधिकारीहरूमा पूर्व राष्ट्रपतिका सल्लाहकार माइक डोनिलोन, अनिता डन, ह्वाइट हाउसका कर्मचारी प्रमुख रोन क्लेन, पूर्व उपप्रमुख स्टाफ ब्रुस रीड र बाइडेनका पूर्व सल्लाहकार स्टिभ रिचेट्टी समावेश छन् ।
यी अधिकारीहरूलाई हाउस कमिटीमा उपस्थित हुन भनिएको छ । समितिले उनीहरूलाई पूर्व राष्ट्रपतिको मानसिक अवस्थाको बारेमा सोधपुछ गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
अग्निपरीक्षाको घडीमा माधव नेपाल, दोहोरिएला १८ वर्षअघिको नैतिक मानक ?