भाले गैँडा सदर चिडियाखाना पठाइयो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयअनुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैँडालाई चिडियाखाना पठाइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयअनुसार अर्को पोथी गैँडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, ‘करिब ३० महिनाको पोथी गैँडा (पुजा) लाई पनि लैजाने तयारी गरिएको छ ।’
बुधबार नै पठाउने तयारी गरिएको भए पनि पूजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण