अख्तियारको एक्सन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, २२ जेठ २०८२, १३ : ३०
_RoT8psStZA.jpg)
समाचार सारांश
- नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
- उनीहरुलाई पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुछिएको छ।
- विशेष अदालतका अनुसार, मुद्दा बिहीबार दर्ता भएको हो।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।
उनीहरु विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
नेपालसहितले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जनाएको छ ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो
-
बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
-
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने
-
झापामा करेन्ट लागेर आठ जना घाइते