ऊर्जा व्यवसायी भन्छन् - ‘टेक एन्ड पे’को व्यवस्थाबारे ऊर्जामन्त्रीले जिम्मेवारी लिन नसके राजीनामा दिनुपर्छ
काठमाडौँ । ऊर्जा व्यवसायीहरूले बजेटमा राखिएको विद्युत् खरिद बिक्रीमा ‘टेक एन्ड पे’ को व्यवस्थालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले गरेको पत्रकार सम्मेलन बोल्दै यस्तो बताएका हुन् । उनीहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ‘टेक एन्ड पे’को जिम्मा नलिए राजीनामा दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै इप्पानका सल्लाहकार अरुण सुवेदीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको ‘टेक एण्ड पे’ (मागका आधारमा मात्र खरिद) को आधारमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने नीतिले समग्र निजी क्षेत्र र ऊर्जा विकासलाई धराशायी बनाउने बताए ।
बजेटमा आएका प्रावधान र ऊर्जामन्त्रीको भूमिकाप्रति लक्षित गर्दै सुवेदीले भने, “इनर्जी मिनिस्टरले जस्तो प्रकारको आज अभिव्यक्ति दिनुभएको छ, या त उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने रिजाइन गर्नुपर्छ।"
उनले विष्णु पौडेलले बनाएको बजेट वक्तव्यमा ऊर्जा मन्त्री पनि सहमत रहेको सार्वजनिक रूपमा बन्नु पर्ने नत्र राजीनामा दिनु पर्ने बताए । सुवेदीले आफ्नो क्षेत्रको जिम्मेवारी नलिने व्यक्ति पदमा बस्न नहुने बताए ।
सुवेदीले यस्ता नीतिहरूले निजी क्षेत्रको लगानी जोखिममा परेको र सरकारको अस्थिर नीतिका कारण समस्या उत्पन्न भएको जिकिर गरे । पूर्व महासचिव गोरे शेर्पाले पनि ऊर्जामन्त्रीले थाहा छैन भनेर सुख नपाउने भन्दै जिम्मा लिन सक्नु पर्ने बताए। उनले जिम्मा लिन नसक्ने भए राजीनामा दिनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण