नवनियुक्त सैनिक प्रवक्ता बस्नेतलाई स्वागत, सहायक रथी केसीकाे बिदाइ
बिहीबार, २२ जेठ २०८२, २० : ०७
काठमाडौँ । नवनियुक्त सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतलाई जङ्गी अड्डामा स्वागत गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट (सहायक रथी) गौरव कुमार केसी बिदा भएका छन् ।
बिहीबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दुवै जनाले जिम्मेवारी बरबुझारथ गरेका हुन् ।
केसी इटहरी स्थित पूर्वी पृतना मुख्यालयको निमित्त पृतनापतिको रूपमा सरुवा भएका छन् । नवनियुक्त सैनिक प्रवक्ता बस्नेत भक्तपुर स्थित गुण्डुका स्थानीय हुन् । २०५० मा सेकेन्ड लेफ्टिनेन्टबाट सैनिक सेवामा प्रवेश गरेका बस्नेतले बरबुझारथ कार्यक्रममा आफूले भारत, बेलायत, क्यानडा र मलेसियाबाट सैनिक तालिम लिएको बताए । उनले भने, ‘३१ वर्षदेखि सैनिक सेवामा छु ।’
यसअघि उनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयमा निर्देशक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण