नयाँ मिस नेपालको खोजी सुरु
बिहीबार, २२ जेठ २०८२, २२ : ४०

समाचार सारांश
- द हिडन ट्रेजरले 'मिस नेपाल २०२५' को आवेदन खुला गरेको छ। इच्छुकहरूले ३० जुन सम्म आवेदन दिन सक्नेछन्।
- प्रतियोगितामा भाग लिन १८ देखि २७ वर्ष उमेर समूहका, अविवाहित, ५ फिट ३ इन्च उचाइ भएका नेपाली नागरिक वा राहदानीवाहकले आवेदन दिन सक्नेछन्।
- काठमाडौं, पोखरा लगायतका सहरहरूमा अडिसन हुने र साउन महिनाको अन्त्यतिर फाइनल हुने आयोजकले जनाएको छ।
काठमाडौँ । ‘मिस नेपाल २०२५’ को आवेदन खुला गरिएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करण घोषणा गरेको हो ।
इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्ने प्रावधान रहेको प्रतियोगिताका लागि ५ फिट ३ इन्च उचाइ, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएका नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने छ ।
साउन अन्तिमतिर फाइनल हुने प्रतियोगिताको काठमाडौँ, पोखरासहितका देशका मुख्य सहरमा अडिसन हुने आयोजकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय