पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको मुद्दा अदालतको विषय भएको बताए।
- उनले मुद्दाको सम्मानपूर्वक निरुपण हुनुपर्नेमा जोड दिए र महाधिवेशनअघि क्रियाशील सदस्यको विषय टुंगो लगाउनुपर्ने बताए।
- थापाले सरकारको कामको समीक्षा हुनुपर्ने र जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे।
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।
कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण