बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा लगाइयो : अध्यक्ष नेपाल

समाचार सारांश
- नेकपा एसका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताए।
- उनले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको र केही व्यक्तिहरू बदलाको भावनाले पोलिरहेको आरोप लगाए।
- अध्यक्ष नेपालले आफूले घुस नलिएको र देशलाई घात हुने कुनै काम नगरेको दाबी गर्दै न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन् । शनिबार काठमाडौँमा पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन् ।
नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरू आत्तिएको उनको भनाई थियो । अध्यक्ष नेपालले केही व्यक्तिहरूलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे।
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए । पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए
-
१२ बजे, १२ समाचार: भिजिट भिसा प्रकरणमा माओवादीको ‘यूटर्न’, रास्वपाको अडान कायमै
-
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु
-
मार्बुको कालिका माविमा इको क्लब गठन
-
‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ’
-
इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य