इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य
सारांश
- Infinix Nepal ले दुई चर्चित गेमिङ्ग टिम 'डीआरएस गेमिङ्ग' र 'होर इस्पोर्टस' सँग सहकार्य गरेको छ।
- यो सहकार्य प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्यका साथ गरिएको हो।
- 'डीआरएस' र 'हो र' ले Infinix को गेमिङ्ग फोन 'जी टी ३० प्रो' प्रयोग गर्नेछन्।
काठमाडौँ। इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्य राख्दै इनफिनिक्सले यो सहकार्य गरेको हो ।
साझेदारीको घोषणा गर्दै इनफिनिक्स नेपालले भनेको छ, “गेम खेल्नु अब केवल टाइम पास नभई नयाँ पुस्ताको जीवनशैली बनिसकेको छ। ‘डिआरएस’ र ‘हो र’ जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवाको जोश, सीप र गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौँ।”
साझेदारीको विशेष पक्षका रूपमा, ‘डिआरएस’ र ‘हो र’ ले इनफिनिक्सको गेमिङफ्ल्यागशिप फोन ‘जी टी ३० प्रो’ प्रयोग गर्नेछन्। सुपर फास्ट प्रोसेसर, उच्च रिफ्रेस रेट, दीर्घकालीन ब्याट्री क्षमता, र गेमिङमै केन्द्रित स्मार्ट फिचरहरूले सज्जित यो डिभाइसले प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न टिमहरूलाई सघाउने कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण