शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

इनफिनिक्स नेपालद्वारा दुई चर्चित गेमिङ टिमसँग सहकार्य

शुक्रबार, ३० जेठ २०८२, २२ : ४२
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • Infinix Nepal ले दुई चर्चित गेमिङ्ग टिम 'डीआरएस गेमिङ्ग' र 'होर इस्पोर्टस' सँग सहकार्य गरेको छ।
  • यो सहकार्य प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्यका साथ गरिएको हो।
  • 'डीआरएस' र 'हो र' ले Infinix को गेमिङ्ग फोन 'जी टी ३० प्रो' प्रयोग गर्नेछन्।

काठमाडौँ। इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्य राख्दै इनफिनिक्सले यो सहकार्य गरेको हो । 

साझेदारीको घोषणा गर्दै इनफिनिक्स नेपालले भनेको छ, “गेम खेल्नु अब केवल टाइम पास नभई नयाँ पुस्ताको जीवनशैली बनिसकेको छ। ‘डिआरएस’ र ‘हो र’ जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवाको जोश, सीप र गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौँ।”

साझेदारीको विशेष पक्षका रूपमा, ‘डिआरएस’ र ‘हो र’  ले इनफिनिक्सको गेमिङफ्ल्यागशिप फोन ‘जी टी ३० प्रो’ प्रयोग गर्नेछन्। सुपर फास्ट प्रोसेसर, उच्च रिफ्रेस रेट, दीर्घकालीन ब्याट्री क्षमता, र गेमिङमै केन्द्रित स्मार्ट फिचरहरूले सज्जित यो डिभाइसले प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न टिमहरूलाई सघाउने कम्पनीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप