‘लाज शरणम्’ टिमले गर्यो विद्यालयलाई सहयोग

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ नर्माण टिमले प्रदर्शनको १०१ औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ । ‘लाज शरणम्’ टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । ‘सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र लाज शरणमको गौरवमय १०१ औँ दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरूलाई सहयोग रहेका छौँ । यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिन्छु,’ निर्माता श्रेष्ठले भने– ‘हामी आगामी दिनमा सामाजिक काममा जोडिँदै जानेछौँ ।’
कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको १०० औँ दिन मनाइसकेको छ । काठमाडौँका दुई वटा सिनेमा हलमा प्रदर्शनको १०१ दिन मनाएको हो ।
शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिने प्लेक्स र गोङ्गबुस्थित वीएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो ।
चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । रामनरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् । निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ चलचित्र निर्माण गर्ने तयारी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट