यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण

समाचार सारांश
- मधेस प्रदेशका आदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यु-१४ राष्ट्रिय विद्यालय खेलकुदमा स्वर्ण जिते।
- दशरथ रंगशालामा भएको एथलेटिक्स प्रतियोगितामा विभिन्न प्रदेशका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरे।
- कर्णाली प्रदेशले २ स्वर्ण जित्दै अग्रता लियो, कोशी, गण्डकी, मधेस र लुम्बिनीले समान १-१ स्वर्ण जिते।
काठमाडौँ । मधेस प्रदेशका आदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आदित्यले निर्धारित दूरी ११।६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४।६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कांस्य हात पारे ।
छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५।६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९।३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशकी शिल्भी नागा तेस्रो बने ।
छात्र लङ जम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५।९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रामा ४।१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भए ।
जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेस र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल