गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन, अहिलेसम्म कुनै उजुरी परेको छैन : रामनारायण बिडारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै अनुसन्धान अधिकृतसम्म उजुरी नपरेकोले राजीनामा दिन नपर्ने स्पष्ट पारेका छन् ।
तर, नैतिकताको आधारमा राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम गृहमन्त्री लेखकमा निर्भर हुने बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संसद्को गतिरोधको विषयमा असहमति जनाए । उनले भने, ‘नैतिकता भनेको व्यक्तिगत कुरा हो । यो बाध्यता होइन । नैतिकताको कुरा गरेर संसद्लाई बन्धक बनाउन पाइँदैन ।’ भिजिट भिसा प्रकरण आफैँमा गम्भीर अपराध भएको टिप्पणी गरे । उनले भने,‘मानव तस्करी ठुलो अपराध हो । यसले राज्यलाई कालो सूचिमा राख्छ ।’
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दाको सवालमा भने उनले अख्तियार सरकारको नियन्त्रणभन्दा बाहिरको निकाय भएको प्रस्ट्याए । उनले भने,‘अख्तियार सरकारभन्दा माथि हुन्छ । सरकारले नियन्त्रण गर्ने निकाय होइन । अख्तियारलाई कारबाही संसद्ले मात्रै गर्न सक्छ । दुई तिहाइको महाभियोगले मात्रै कारबाही गर्न सक्छ ।’
बिडारीले अख्तियारले यही विषयमा हिजो नीतिगत भनेको र अहिले मुद्दा चलाएको हो भने महाभियोग लगाउन सकिने तर्क गरे । गिरिबन्धु र पतञ्जलिको केस नै फरक भएको उनको भनाई छ । उनले भने,‘गिरिबन्धुमा काम भैसकेको छैन अरे । जग्गा बेचिसकेको छैन । बेच्ने प्रपञ्च गरिरहेको छ भन्ने सुनेको छु । माधवजीको केशमा पनि मिसिल हेर्न पाएको छैन । ओलीजीलाई रिस उठेर मुद्दा लगाइएको भनेर म भन्न सक्दिनँ ।’
उनले नीतिगत निर्णय गरेको हो वा होइन भन्ने कुराको व्याख्या चाहिएको सुनाए । उनले भने,‘सर्वोच्च अदालतमा नीतिगत हो कि होइन भनेर रिट हाल्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी