सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक

सोमबार, २६ जेठ २०८२, ११ : ०२
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • नारायण खतिवडाको शब्द रहेको नयाँ गीत 'दुःख सुनाएर के काम ?' सार्वजनिक भएको छ।
  • गीतमा मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र भावनात्मक अवस्थालाई उजागर गरिएको छ।
  • गीतले जीवनका कठिन पलहरूमा दुःख साटासाट गर्दा सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गर्छ।

काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द रहेको नयाँ गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतमा स्वरूपराज आचार्यले स्वर दिएका छन् । 

गीतमार्फत मानवीय संवेदनशीलता, सामाजिक यथार्थ र मानिसको भावनात्मक अवस्था उजागर गरिएको छ । गीतमा जीवनका कठिन पलहरूमा मानिसले दुःख, पीडा र निराशा साझा गर्दा प्रायः सच्चा साथ पाउन कठिन हुने यथार्थ चित्रण गरिएको छ ।

गीतकार खतिवडा यसअघि पनि ‘स्वार्थी संसार’, ‘स्वदेश छोडी’, ‘मनका कुरा’, ‘बिन्दास’, ‘सन्देश पुर्याइदेउ’, ‘मेरो कथा’ लगायतका दर्जनौँ गीत बाहिर आएका छन् । गीतमा सङ्गीतकार शर्माकै सङ्गीत संयोजन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप