यी हुन् त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटाइएका ८ उपसचिव (सूचीसहित)

समाचार सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ६ जनाको दरबन्दीमा ८ उपसचिव कार्यरत रहेको पाइएको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह र संघीय मामिला सचिवलाई पत्र लेख्दै ७ दिनभित्र कर्मचारी विवरण माग गरेको छ।
- दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ ।
अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेका हुन् । स्रोतले रातोपाटीलाई उपलब्ध गराएको सूची अनुसार अहिले त्यहाँ उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत छन् ।
यसरी दरबन्दीभन्दा बढी उपसचिव पठाइएको पाइएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई पत्र काट्दै कारबाहीको चेतावनी दिएका हुन् ।
सचिव कार्कीले पत्रमा ७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका कर्मचारीको विवरण उपलब्ध गराउन भन्दै दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन