नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानको आणविक संवर्द्धन कार्यक्रममा आक्रमण गरेको बताए।
- इजरायलले तेहराननजिकैको नतान्ज सहरस्थित युरेनियम संवर्द्धन केन्द्र र इरानी वैज्ञानिकहरूलाई लक्षित गर्यो।
- प्रधानमन्त्री नेतन्याहुले इरानले आणविक हतियार बनाउन सक्ने खतरा रहेको र यसलाई रोक्न अपरेसन जारी रहने बताए।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।
उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्यो।’
नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।"
उनका अनुसार हालैका महिनाहरूमा इरानले ‘कहिल्यै नचालेका कदमहरू’ चालेको छ, जसले समृद्ध युरेनियमलाई हतियारमा परिणत गर्न सक्ने खतरा देखिएको छ।
‘यदि यो रोकिएन भने, इरानले एक वर्षभित्र, वा त्यसभन्दा पनि छोटो समयमै आणविक हतियार बनाउन सक्छ। यो इजरायलको अस्तित्वका लागि प्रत्यक्ष र तत्कालको खतरा हो,’ नेतन्याहुले चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण