नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’

समाचार सारांश
- इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानको आणविक संवर्द्धन कार्यक्रममा आक्रमण गरेको बताए।
- इजरायलले तेहराननजिकैको नतान्ज सहरस्थित युरेनियम संवर्द्धन केन्द्र र इरानी वैज्ञानिकहरूलाई लक्षित गर्यो।
- प्रधानमन्त्री नेतन्याहुले इरानले आणविक हतियार बनाउन सक्ने खतरा रहेको र यसलाई रोक्न अपरेसन जारी रहने बताए।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।
उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्यो।’
नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।"
उनका अनुसार हालैका महिनाहरूमा इरानले ‘कहिल्यै नचालेका कदमहरू’ चालेको छ, जसले समृद्ध युरेनियमलाई हतियारमा परिणत गर्न सक्ने खतरा देखिएको छ।
‘यदि यो रोकिएन भने, इरानले एक वर्षभित्र, वा त्यसभन्दा पनि छोटो समयमै आणविक हतियार बनाउन सक्छ। यो इजरायलको अस्तित्वका लागि प्रत्यक्ष र तत्कालको खतरा हो,’ नेतन्याहुले चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु तीन सय बढी घाइते
-
चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
-
प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
-
इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
-
इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
-
इजरायली रक्षा मन्त्रीको चेतावनीः ‘इरानले रातो रेखा पार गर्यो’