ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
सोमबार, २६ जेठ २०८२, १८ : १९
काठमाडौँ । ऋण सहजीकरण गरिदिने भन्दै घुस खाने नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न परियोजनामा ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिने अधिकारीसमेत विरुद्ध सोमबार भ्रष्टाचार मुद्दामा अभियोगपत्र दायर गरेको हो ।
अधिकारीसहित ५ जनाविरुद्ध भुसाल हस्पिटालिटीअन्तर्गत र्याडिसन प्रोजेक्ट, २ जनाविरुद्ध हिमाल तराई कन्स्ट्क्सनअन्तर्गत र ६ जनाविरुद्ध अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनीहरुले र्याडिसन प्रोजेक्टका लागि १२ लाख, हिमाल तराई कन्स्ट्रक्सनअन्तर्गत ६ लाख र देवी ट्रेडर्सअन्तर्गत ५ लाख रुपैयाँ घुस ऋण सहजीकरणका लागि लिएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
-
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामी मारमा
-
लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
-
भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण