ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा
सोमबार, २६ जेठ २०८२, १८ : १९

काठमाडौँ । ऋण सहजीकरण गरिदिने भन्दै घुस खाने नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न परियोजनामा ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिने अधिकारीसमेत विरुद्ध सोमबार भ्रष्टाचार मुद्दामा अभियोगपत्र दायर गरेको हो ।
अधिकारीसहित ५ जनाविरुद्ध भुसाल हस्पिटालिटीअन्तर्गत र्याडिसन प्रोजेक्ट, २ जनाविरुद्ध हिमाल तराई कन्स्ट्क्सनअन्तर्गत र ६ जनाविरुद्ध अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनीहरुले र्याडिसन प्रोजेक्टका लागि १२ लाख, हिमाल तराई कन्स्ट्रक्सनअन्तर्गत ६ लाख र देवी ट्रेडर्सअन्तर्गत ५ लाख रुपैयाँ घुस ऋण सहजीकरणका लागि लिएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’