अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
सारांश
- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीतिमार्फत अर्थतन्त्रका समस्या समाधान गर्ने बताए।
- उनले कोभिड लगायतका कारण अर्थतन्त्रमा समस्या आएको र समाधानका लागि सरोकारवालासँग छलफल गरेको जनाए।
- गर्भनर पौडेलले बैंक तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्ध सुधारमा जोड दिँदै गुनासोका आधारमा नीति बनाउने प्रतिबद्धता जनाए।
कैलाली । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए ।
गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए ।
उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण