अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल

समाचार सारांश
- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीतिमार्फत अर्थतन्त्रका समस्या समाधान गर्ने बताए।
- उनले कोभिड लगायतका कारण अर्थतन्त्रमा समस्या आएको र समाधानका लागि सरोकारवालासँग छलफल गरेको जनाए।
- गर्भनर पौडेलले बैंक तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्ध सुधारमा जोड दिँदै गुनासोका आधारमा नीति बनाउने प्रतिबद्धता जनाए।
कैलाली । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए ।
गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए ।
उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?