बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच सम्झाैता

मङ्गलबार, २७ जेठ २०८२, १६ : १८
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस राष्ट्रिय कार्ड स्वीच तथा “नेपाल पे कार्ड” को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको छ । 

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत,नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । 

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत,राजेश कुमार पंडा, सल्लाहकार, श्री छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना “नेपाल पे कार्ड” जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।  

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप