रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
बुधबार, २८ जेठ २०८२, ११ : ३७
सारांश
- रौतहट प्रहरीले लुटपाटको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिताराम महतो र सन्तोष महतो रहेका छन्, अन्यको खोजी जारी छ।
- उनीहरूले एक मोटरसाइकल चालकलाई रोकेर लुटपाट गर्न खोजेका थिए, घटनाको अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेका छन् ।
अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकलमा हिँडिरहेका दुर्गा भगवती ३ मसुरिया बस्ने वर्ष २५ का कृष्णमणि झालाई रोकेर लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लुटपाटमा सहभागी फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण