रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
बुधबार, २८ जेठ २०८२, ११ : ३७

समाचार सारांश
- रौतहट प्रहरीले लुटपाटको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिताराम महतो र सन्तोष महतो रहेका छन्, अन्यको खोजी जारी छ।
- उनीहरूले एक मोटरसाइकल चालकलाई रोकेर लुटपाट गर्न खोजेका थिए, घटनाको अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेका छन् ।
अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकलमा हिँडिरहेका दुर्गा भगवती ३ मसुरिया बस्ने वर्ष २५ का कृष्णमणि झालाई रोकेर लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लुटपाटमा सहभागी फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन