अमेरिका र चीनबिच व्यापार ढाँचा तय, अनुमोदन बाँकी
सारांश
- अमेरिका र चीन व्यापारिक सम्बन्धमा तनाव कम गर्न सहमत भएका छन्। दुवै देशका शीर्ष अधिकारीहरूले लन्डनमा वार्ता गरे।
- योजना स्वीकृतिका लागि ट्रम्प र सी जिनपिङलाई पठाइनेछ। सम्झौताले दुर्लभ खनिज र चुम्बकहरूमा लगाइएको प्रतिबन्ध हटाउनेछ।
लन्डन । अमेरिका र चीनबिच व्यापारिक सम्बन्धमा तनाव कम गर्ने बाटो स्पष्ट हुन लागेको जस्तो देखिएको छ । दुवै देशले व्यापार ढाँचा बनाउन सहमत भएका छन् ।
दुवै देशका शीर्ष अधिकारीहरूले लन्डनमा दुई दिनको वार्तापछि यो घोषणा गरिएको हो । दुई देशबिच तय भएको योजना स्वीकृतिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई पठाइनेछ ।
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले भने कि यो सम्झौता पछि, दुर्लभ खनिज र चुम्बकहरूमा लगाइएको प्रतिबन्ध समाप्त हुनेछ । चीनसँगको यस बैठकमा आधुनिक प्रविधिको लागि दुर्लभ खनिजको मुद्दा शीर्ष स्थानमा थियो ।
गत महिना, अमेरिका र चीनबिच शुल्क सम्बन्धी अस्थायी सम्झौता भएको थियो, तर यसपछि दुवै देशले एक अर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
‘चीनबाट दुर्लभ धातु र चुम्बकको निर्यात सुस्त रह्यो, स्मार्टफोनदेखि विद्युतीय सवारी साधनसम्म सबै कुराको निर्माणको लागि यो आवश्यक छ’ अमेरिकाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण