दूध र आँपलाई एकसाथ खान मिल्छ ?

समाचार सारांश
- गर्मीमा म्याङ्गो शेक लोकप्रिय भए पनि, आयुर्वेदले दूध र आँप सँगै खानु स्वास्थ्यका लागि हानिकारक मानेको छ।
- दूध र आँपको मिश्रणले शरीरमा टक्सिन बनाउन सक्छ, जसले छालाको समस्या र रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ।
- ल्याक्टोज इन्टोलरेन्स भएका व्यक्तिहरूले आँप र दूध सँगै खानु हुँदैन, किनभने यसले पाचन समस्या बढाउन सक्छ।
काठमाडौँ । गर्मीको मौसम सुरु भएसँगै बजारमा म्याङ्गो शेक बिक्री हुन थाल्छ । म्याङ्गो शेक पिउन त धेरै स्वादिष्ट हुन्छ । तर यसको सेवन स्वास्थ्यको लागि पटक्कै राम्रो मानिँदैन ।
आयुर्वेदका अनुसार दूध र आँप सँगै खानु स्वास्थ्यको लागि हानिकारक छ । आँप प्राकृतिक चिनी र फाइबर भएको गुलियो फल हो । दूध जनावरबाट पाइने वस्तु हो । यो पचाउन धेरै समय लाग्छ । सँगै सेवन गर्दा यो संयोजनले पाचनमा समस्या निम्त्याउँछ ।
जानौँ, किन दूध र आँप सँगै खानु हुँदैन ?
टक्सिन बन्ने खतरा
आँपलगायत केही फलफूलमा दूध मिसाउँदा विषाक्त पदार्थ बन्ने चेतावनी आयुर्वेदले दिएको छ । आँपलगायत केही फलफूलमा दूध मिसाउँदा टक्सिन बन्छ । यसको सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । छालाको समस्या हुन्छ अनि मेटाबोलिज्म सुस्त हुने विश्वास गरिन्छ ।
छालासम्बन्धी समस्या
आँप र दूध सँगै सेवन गर्दा छालाको समस्या हुन्छ । आँप र दूधको संयोजनले बिबिरा आउने, दाग बस्ने वा एलर्जी हुने जस्ता छालाको समस्या निम्तिन सक्छ ।
ल्याक्टोज इन्टोलरेन्सको समस्या
ल्याक्टोज इन्टोलरेन्सको समस्या भोगिरहेका व्यक्तिहरूले आँप र दूध सँगै खानु हुँदैन । आँपमा पाइने प्राकृतिक एसिडले शरीरलाई ल्याक्टोज पचाउन गाह्रो बनाउन सक्छ, जसले गर्दा पेट दुख्ने, वाकवाकी लाग्ने वा पखाला लाग्ने आदि समस्या हुन्छ ।
पाचनमा सहयोग गर्नुको सट्टा, दूधसँग आँप खाँदा समस्या बढ्न सक्छ । ताजा आँपलाई दूधमा मिसाउनुको सट्टा यी दुबैलाई छुट्टा छुट्टै पिउनु राम्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
-
‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’
-
३ सय विकेट लिने आठौँ अस्ट्रेलियन बने कमिन्स
-
ओलीप्रति व्यङ्ग्य गरेपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो
-
मेहदी हसन बने बंगलादेशको एकदिवसीय टोलीको कप्तान
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त