सौराहामा हुर्काइएको गैँडा चिडियाखाना पठाइयो

समाचार सारांश
- चितवन राष्ट्रिय निकुञ्जले सौराहाबाट अर्को गैँडा सदर चिडियाखाना पठाएको छ।
- वन मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा) लाई बुधबार सदर चिडियाखाना ल्याइयो।
- यसअघि बाघको आक्रमणबाट घाइते पूजाको जैविक विविधता संरक्षण केन्द्रमा हेरचाह गरिएको थियो, र अब चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैँडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केहि दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा पठाइएको बताए ।
पूजालाई यसअघि नै माहिलासँगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो
-
शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबिच सहमति हुन्छ : प्रचण्ड
-
चिप्लिएर घाइते भएका नख्खु कारागारका कैदीको मृत्यु