सौराहामा हुर्काइएको गैँडा चिडियाखाना पठाइयो
सारांश
- चितवन राष्ट्रिय निकुञ्जले सौराहाबाट अर्को गैँडा सदर चिडियाखाना पठाएको छ।
- वन मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा) लाई बुधबार सदर चिडियाखाना ल्याइयो।
- यसअघि बाघको आक्रमणबाट घाइते पूजाको जैविक विविधता संरक्षण केन्द्रमा हेरचाह गरिएको थियो, र अब चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैँडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केहि दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।
जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा पठाइएको बताए ।
पूजालाई यसअघि नै माहिलासँगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण