विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
स्याङ्जा । यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन् ।
दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव सँगालेका तिवारी आफ्नै ठाउँमा फर्केर व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किएका हुन् । स्वदेश फर्केको २–३ महिनापछि नै उहाँ व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका हुन् ।
“स्थानीय बजारसहित देशैभर र अन्तर्राष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ”, उनले भने, “आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रूपमा अगाडि बढेको हुँ ।”
मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थाल्नुभएका तिवारीले ३० रोपनी जमिन भाडामा लिएका छन् । उनले भाडामा लिएको जमिनको व्यवस्थापन, मलखाद, खनजोत तथा खुर्सानीको नर्सरी आफैँ राखेर जेठको पहिलो साता खुर्सानी रोपेका हुन् ।
“जग्गा व्यवस्थापन, जग्गा सम्झौता, आवश्यक यन्त्र उपकरण खरिद, कामदार लगायतको कामका लागि हालसम्म झन्डै रु २५ लाख लगानी भएको छ”, उनले भने,“करिब ३० रोपनी क्षेत्रफलमा झन्डै २५ हजार अकबरे खुर्सानी लगाएको छु ।”
खुर्सानी उत्पादनका लागि यहाँको हावापानी उपयुक्त रहेको उनले बताए । जेठको पहिलो साता लगाइएको खुर्सानीले भदौ, असोजमा उत्पादन दिन्छ । एउटा राम्रो बोटबाट एकदेखि तीन किलोसम्म खुर्सानी उत्पादन हुने उहाँले बताउनुभयो । तिवारीसँगै अहिले व्यावसायिक अकबरे खेतीमा अन्य दुई जनाले पनि साथ दिएका छन् ।
खुर्सानी खेतीका लागि सुरुदेखि नै नगरपालिकाका कृषि प्राविधिकले प्राविधिक सल्लाह तथा परामर्श दिने र अवलोकन गर्ने कार्य भइरहेको उनको भनाई छ ।
“विदेशमा सिकेको सीपलाई आफ्नै ठाउँमा सदुपयोग गर्दै यहीँ स्थापित हुने लक्ष्य र उद्देश्यसहित गाउँ फर्किएको हुँ”, उनले भने, “यस वर्ष ठुलो मात्रामा अकबरेखेती थालेको र आगामी वर्षदेखि व्यवसाय विस्तार गर्दै बाख्रापालन गर्ने तयारी भइरहेको छ ।”
गाउँघरमा पछिल्लो समय खेतीपाती नगरी जमिन बाँझो राख्ने क्रम बढ्दै गइरहेका बेला बाँझो जमिनको सदुपयोग गर्दै युवाले ठुलो मात्रामा थालेको व्यावसायिक अकबरे खेतीका बारेमा जान्न बुझ्न आसपासका स्थानीय फर्ममा पुग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण