अस्ट्रियाको विद्यालयमा गोली काण्ड: सन्दिग्धको घरमा प्रहरीले फेला पार्यो पाइप बम

समाचार सारांश
- अस्ट्रियाको ग्राज सहरको एक विद्यालयमा भएको गोलीकाण्डका संदिग्धको घरमा प्रहरीले छापा मारेको छ, जहाँ पाइप बम फेला परेको छ।
- गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ, जसलाई देशको सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा लिइएको छ र तीन दिने शोकको घोषणा गरिएको छ।
- प्रहरीले बन्दुकधारीको घरबाट बम, चिठी र भिडियो फेला पारेको छ, उनी विद्यालयको पूर्व विद्यार्थी थिए र उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए।
काठमाडौँ। अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डका सन्दिग्धको घरमा प्रहरीले छापा मारेको छ।
उनको घरबाट प्रहरीले पाइप बम फेला पारेको प्रहरीले जनाएको छ । बम फेला परेसँगै उनले विद्यालयमा बम आक्रमण गर्ने योजना बनाएको थियो कि थिएन भन्ने प्रश्न उठिरहेको छ। यद्यपि उनको घरबाट फेला परेको बम काम गर्ने अवस्थामा नरहेको बताइएको छ । साथै बमबाहेक, प्रहरीले एउटा चिठी र भिडियो पनि फेला पारेको छ।
गोली काण्डमा एघार जनाको मृत्यु भएको थियो । यसलाई देशको अहिलेसम्मकै सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ । यस घटनाका कारण अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ । पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिएकाे थियाे ।
ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो, बन्दुकधारीले अन्ततः स्कुलको शौचालयमा आफैलाई गोली हानेर आत्महत्या गरे । जसका कारण यस घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी भएको प्रहरीले बताएको छ । उनको उमेर लगभग २१ वर्ष थियो । उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए ।
घटनामा दर्जनको सङ्ख्यामा घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द रहनेछ अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश