रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ
बिहीबार, २९ जेठ २०८२, ११ : ४५
सारांश
- रामेछाप नगरपालिका-४ मा सालोको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली छन्, जसले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेका थिए।
- घरायसी विवादमा यस्मालीले धारिलो हतियार प्रयोग गरी लवको हत्या गरेको प्रहरीले जनाएको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् ।
जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले रातोपाटीलाई बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् ।
घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण