रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ
बिहीबार, २९ जेठ २०८२, ११ : ४५

समाचार सारांश
- रामेछाप नगरपालिका-४ मा सालोको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली छन्, जसले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेका थिए।
- घरायसी विवादमा यस्मालीले धारिलो हतियार प्रयोग गरी लवको हत्या गरेको प्रहरीले जनाएको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् ।
जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले रातोपाटीलाई बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् ।
घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च बढ्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीले उठाए कर्मचारीमाथि प्रश्न
-
गण्डकी प्रदेश : उद्योग मन्त्रालयलाई ८४ करोड र वन मन्त्रालयलाई १ अर्ब बजेट विनियोजन
-
अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
-
गण्डकीका नागरिकको प्रतिव्यक्ति आय बढ्यो, यो वर्ष १६२० डलर पुग्ने
-
बजेट प्रस्तुत हुनुअघि नै कर्णालीमा विवाद : ‘योजना बैङ्क’ लाई लिएर प्रतिपक्ष माओवादीको आपत्ति
-
गण्डकीको बजेट भाषण सुरु