कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित नयाँ आन्दोलन गर्ने बताए।
- उनले आन्दोलनमा भएका कमीकमजोरी सच्याउँदै सशक्त रूपमा अघि बढ्ने र भ्रममा नपर्न आग्रह गरे।
- थापाले संयुक्त जनआन्दोलन परिचालन समिति एकताबद्ध रहेको र निरङ्कुशतातर्फ फर्किन लागेको कुरामा सत्यता नरहेको बताए।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले गरिरहेको आन्दोलन नयाँ ढङ्गले अघि बढ्ने बताएका छन् । राप्रपा नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।
अध्यक्ष थापाले आफूहरूले गरेको आन्दोलनमा केही कमी कमजोरी भएको भन्दै त्यसलाई सच्याउँदै नयाँ ढङ्गले आन्दोलन अघि बढाउने समेत बताए । उनले आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह समेत गरे । आफूहरूको मुद्दालाई निर्णायक तहमा पुराउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रूपमा आउने उनले बताए ।
संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दाबी गरे । उनले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरङ्कुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण