शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा

बिहीबार, २९ जेठ २०८२, १७ : ४६
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित नयाँ आन्दोलन गर्ने बताए।
  • उनले आन्दोलनमा भएका कमीकमजोरी सच्याउँदै सशक्त रूपमा अघि बढ्ने र भ्रममा नपर्न आग्रह गरे।
  • थापाले संयुक्त जनआन्दोलन परिचालन समिति एकताबद्ध रहेको र निरङ्कुशतातर्फ फर्किन लागेको कुरामा सत्यता नरहेको बताए।

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले गरिरहेको आन्दोलन नयाँ ढङ्गले अघि बढ्ने बताएका छन् ।  राप्रपा नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । 

अध्यक्ष थापाले आफूहरूले गरेको आन्दोलनमा केही कमी कमजोरी भएको भन्दै त्यसलाई सच्याउँदै नयाँ ढङ्गले आन्दोलन अघि बढाउने समेत बताए । उनले आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह समेत गरे । आफूहरूको मुद्दालाई निर्णायक तहमा पुराउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रूपमा आउने उनले बताए ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दाबी गरे । उनले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरङ्कुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको समेत बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप