न्यायाधीशमाथि कालोमोसो प्रहारको घटनाप्रति बार एशोसिएशनको कडा भर्त्सना
काठमाडौँ । उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा न्यायाधीशमाथि भएको मोसो प्रहारको घटनाप्रति नेपाल बार एशोसिएशनले कडा आपत्ति जनाएको छ ।
जेठ २९ गते दिउँसो उच्च अदालत जनकपुर इलजास वीरगञ्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारुमाथि मोसो प्रहार भएको थियो ।
बार एशोसिएशनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले हस्ताक्षर गरेको वक्तव्यमा उक्त घटनालाई ‘अनपेक्षित र खेदजनक’ उल्लेख गरिएको छ । र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘न्यायाधीशले कानुनले दिएको अख्तियारी प्रयोग गर्दै फैसला गर्ने अधिकार राख्दछन् र राख्नैपर्छ भन्ने कुरामा नेपाल बार स्पष्ट छ ।
कुनै पनि विवादमा फरक मत देखिनु स्वाभाविक प्रक्रिया हो र सोको अन्तिम निष्कर्ष न्यायालयबाटै टुंग्याइनु पर्दछ । न्यायिक प्रक्रियाबाहेक सहि–गलतको फैसला गर्न खोज्नु विधिको शासन विपरीत हुन्छ ।’
न्यायाधीशको विवेकमा असर पार्ने कुनै तत्व तथ्य, प्रमाण र कानुनबाहेक हुन नसक्ने एशोसिएशनको ठहर छ । ‘कानुन हातमा लिने चाहनाबाट इन्साफ सम्भव हुँदैन, न त गर्न मिल्दछ,’ वक्तव्यमा भनिएको छ ।
घटनापछि समाजका केही भागमा यस्ता हिंसात्मक कार्यलाई उत्सवको रूपमा चित्रण गरिएकोप्रति पनि बारले गहिरो चिन्ता व्यक्त गरेको छ ।
नेपाल बार एशोसिएशनले घटनाप्रति न्यायिक समुदाय विचलित नहुन आग्रह गर्दै अदालतहरूको सुरक्षा व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउन सरकारलाई समेत आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण