दलहरूको सहमति कुर्दै सभामुख
सारांश
- भिजिट भिसा प्रकरणमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
- सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्षी दलबीच छानबिन समिति बनाउने विषयमा लिखित सहमति हुन सकेको छैन।
- माओवादीले लिखित प्रतिबद्धताको माग गरेको छ भने सत्तारुढ दलहरूले अख्तियारको छानबिनपछि मात्रै समिति बनाउने बताएका छन्।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति नजुटेपछि आज एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । सभामुख देवराज घिमिरेलाई सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आफूहरू प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन सहमति गर्न लागिरहेकाले केहीबेर कुर्न आग्रह गरेका थिए ।
त्यही आग्रह अनुसार सभामुख घिमिरे सदन सञ्चालनका लागि दलहरूको सहमति कुरेर बसिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । बिहीबार सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बिच जेठ १३ गतेबाट अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन सहमति भएको नेताहरूले बताएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा भइरहेको लापरबाही छानबिन गर्न छानबिन समिति बनाउने विषयमा सहमति भएको नेताहरूको भनाइ थियो । तर, त्यो समिति बनाउने विषय लिखितमा अहिलेसम्म हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल माओवादीले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता मागिरहेको छ । सत्तारुढ दलहरूले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा छानबिन गरिरहेकाले उसको छानबिन सकिएपछि मात्रै समिति बनाउने बताउँदै आएका छन् ।
लिखित सहमति अहिल्यै गर्ने कि पछि गर्ने भन्ने विषयमा दलहरूबिच कुरा मिल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा संसदमा अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी भने छानबिन समिति बनाउने विषयमा पनि सन्तुष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण