नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)
सारांश
- नेपाल समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र आर्थिक क्रान्तिको जनअपेक्षा अनुसार नतिजामुखी हुन नसक्नुका कारणहरु पहिचान गर्यो।
- पार्टीले राजनीतिक दल र नेतृत्वको स्खलन, राज्य संयन्त्रको पुनर्संरचना हुन नसक्नु र प्रत्यक्ष निर्वाचित कार्यकारीको अभावलाई समस्याको रूपमा औंल्यायो।
- नयाँ शक्तिले भ्रष्ट दलहरुबाट समस्या समाधानको सम्भावना नदेखेपछि वैकल्पिक राजनीतिको आवश्यकता औंल्याएको छ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आर्थिक क्रान्तिको जनअपेक्षा अनुरूप परिणाममुखी हुन नसक्नुका प्रमुख कारणहरू निर्क्याेल गरेको छ । नयाँ शक्तिको १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तीन बुँदामा समस्याको निर्क्योल गरेको हो ।
पहिलो कारण राजनीतिक दल र नेतृत्वको तीव्र स्खलन, भ्रष्टीकरण र कुशासन, दोस्रो क्रान्तिकारी परिवर्तन पछि राज्यको नोकरशाही तन्त्र, सुरक्षा अंग, न्यायालय, संवैधानिक अङ्गहरूको समेत पुनर्संरचना हुन नसक्नु र तेस्रो संविधान निर्माणकै बेलादेखि बहस हुँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका, देशको विशिष्टता अनुरूपको सङ्घीयता, आदि हुन नसक्नु उल्लेख गरेको छ ।
नयाँ शक्तिले यस्ता विषयहरू (खासगरी राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि) अब धेरै गिजोलिइ सकेका भ्रष्टीकृत, पुराना सत्तासीन दलहरूबाट हल हुने सम्भावना बाँकी नरहेको हुँदा अग्रगामी रुपान्तरणका निम्ति वैकल्पिक राजनीति अनिवार्य भएको निष्कर्ष निकालेको छ ।
के छ कार्यपत्रमा ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण