नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने गरी डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको हो ।
कार्यदलमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको जनाएको छ ।
उक्त कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैङ्कले जनाएको छ । एक महिनामा कार्यदललाई विभिन्न जिम्मेवारी दिएको छ । जसमा कार्यदलले बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्न भनेको छ ।
त्यस्तै, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजी बजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण