शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैङ्कले गर्‍यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

शुक्रबार, ३० जेठ २०८२, १५ : ३५
शुक्रबार, ३० जेठ २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने गरी डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको हो । 

कार्यदलमा भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन भएको जनाएको छ । 

उक्त कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैङ्कले जनाएको छ । एक महिनामा कार्यदललाई विभिन्न जिम्मेवारी दिएको छ । जसमा कार्यदलले बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्न भनेको छ । 

त्यस्तै, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा,बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजी बजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप