श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
सारांश
- पर्सामा स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
- सशस्त्र प्रहरीले वीरगन्ज भन्सार चेकजाँच बिन्दुबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ पर्नेमा राहुलकुमार तिवारी र कौशलकुमार गुप्ता रहेका छन्, र उनीहरू भारतबाट नेपालतर्फ आउँदै थिए।
पर्सा । पर्साबाट श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट शुक्रबार सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्ता रहेका छन् । भारतबाट दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच सो रकम फेला परेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार तिवारीको साथबाट १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार कौशलकुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको समेत उनले बताए ।
उल्लेखित रुपैयाँ के प्रयोजनको लागि ल्याइएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण