मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
सारांश
- एडन मार्क्रमको शतकको मद्दतले दक्षिण अफ्रिका आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ।
- दक्षिण अफ्रिकाले २ विकेट गुमाएर २१३ रन बनायो, जितका लागि ६९ रन आवश्यक छ। मार्क्रमले नटआउट रहँदै १०२ रन बनाए।
- अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सुरुमा विकेट गुमायो, तर मार्क्रम र बावुमाले शतकीय साझेदारी गरे।
लर्डस । ऐडन मार्क्रमको शानदार शतकको मद्दतले दक्षिण अफ्रिका आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । लर्डसमा तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा २ सय १३ रन बनाएको छ ।
अब टोलीलाई जितका लागि मात्र ६९ रन आवश्यक छ । मार्क्रमले १ सय ५९ बलमा १ सय २ रन बनाएर नटआउट रहेका छन् । उनले यस क्रममा ११ चौका प्रहार गरेका छन् ।
अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सुरुवातमा नै रायन रिकेल्टनलाई गुमाएको थियो । उनले मात्र ६ रन बनाउन सके ।
त्यसपछि वियान मुल्डर र मार्क्रमले टोलीको इनिङ्सलाई अघि बढाए । उनीहरूले ९३ बलमा ६१ रन जोडे । मुल्डर २७ रन बनाउँदै मिचेल स्टार्कको बलमा क्याच आउट हुन पुगे ।
मुल्डरपछि मार्क्रमले कप्तान टेम्बा बावुमासँग मिलेर अविजित शतकीय साझेदारी गरे । दुवैले २३२ बलमा १४३ रन बनाएका छन् । बावुमाले १२१ को बलको सामना गर्दै ६५ रन बनाएका छन् । उनले ५ चौका प्रहार गरेका छन् ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय १२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका १ सय ३८ रनमा अलआउट हुन पुग्यो । अस्ट्रेलियाले दोस्रो इनिङ्समा २ सय ७ रन बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण