नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
सारांश
- नेपाल समाजवादी पार्टीको दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा कार्य विभाजनको समीक्षा, भ्रष्टाचार विरुद्धको संघर्ष, र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति लगायतका प्रस्ताव पेस गरिएका छन्।
- मजदुर, किसान, महिला, दलित लगायतका जनवर्गका समस्याबारे संघर्ष र स्थानीय मुद्दामा अभियान सञ्चालन गर्ने प्रस्ताव छन्।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्य विभाजनको समीक्षा गरी नयाँ कार्य विभाजन हुनेछ।
साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनीतिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस गरिएका छन् ।
बैठक आज र भोलि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण