प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भए : उपेन्द्र यादव
सारांश
- जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै बन्ने गरेको आरोप लगाए।
- यादवले राजनीतिक स्थिरता नभई विकास सम्भव नहुने र निर्वाचन प्रणाली बदल्नुपर्ने बताए।
- उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्र ध्यान दिने गरेको टिप्पणी गरे।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन् ।
शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै यादवले प्रधानमन्त्री र मन्त्रीहरू पूरा देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाएका हुन् ।
यसले कतिपय सांसदहरूले अर्को पटक मत नै नपाउने स्थिति बन्ने गरेको बताए । उनले राजनीतिक स्थिरता नभईकन विकास सम्भव नहुने बताए ।
अध्यक्ष यादवले भने, ‘राजनीतिक स्थिरता नभईकन विकास हुँदैन । धेरै कुरा भताभुङ्ग भएर जान्छ । त्यो पनि अर्धसत्य त हो । थाइल्यान्डमा राजनीतिक स्थिरता कम छ, विकास तीव्र गतिले अघि गइरहेको छ । हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ ? अरू देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै श्रोत,साधन त्यहीँ पुर्याउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन् । अर्को पटक जनताले भोट पनि हाल्दैनन् । के गरिस् । के विकास गरिस् भन्छन् । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ । त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ ।’
अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको सांसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण