श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?
सारांश
- कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाको भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाउनुको औचित्यमाथि प्रश्न उठाए।
- घिमिरेले सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि लामिछाने अझै पार्टी सभापति र दलको नेता रहेको विषय उठाए।
- उनले अध्यागमनका कर्मचारीको बदमासीको कारण गृहमन्त्रीको राजीनामा माग्ने रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति सान्दर्भिक छ भनी प्रश्न गरे।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले सहकारी ठगीको आरोपमा पाँच पाँचवटा अदालतमा मुद्दा खेपिरहेका रास्वपाका रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाए ।
‘अध्यागमनका सामान्य कर्मचारीले गरेको बदमासीका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नेको पार्टीका सभापति पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन् । सभापतिमा बस्न मिल्छ कि मिल्दैन ? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ ।
निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ? नै रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उनले प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण