आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
संसद् बैठक

श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?

आइतबार, ०१ असार २०८२, १३ : ०५
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाको भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाउनुको औचित्यमाथि प्रश्न उठाए।
  • घिमिरेले सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि लामिछाने अझै पार्टी सभापति र दलको नेता रहेको विषय उठाए।
  • उनले अध्यागमनका कर्मचारीको बदमासीको कारण गृहमन्त्रीको राजीनामा माग्ने रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति सान्दर्भिक छ भनी प्रश्न गरे।

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले सहकारी ठगीको आरोपमा पाँच पाँचवटा अदालतमा मुद्दा खेपिरहेका रास्वपाका रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाए । 

‘अध्यागमनका सामान्य कर्मचारीले गरेको बदमासीका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नेको पार्टीका सभापति पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन् । सभापतिमा बस्न मिल्छ कि मिल्दैन ? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ । 

निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ?  नै रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उनले प्रश्न उठाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप